खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री केपी अोली डिस्चार्ज भएर बालुवाटारमा, बुवाले गरे स्वागत !


 संवाददाता   March 13, 2020   557 जनाले पढ़िसके




काठमाडौं ,
१२ दिन लामो उपचारपछि बालुवाटार पुग्नु भएका प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन्। फागुन १९ गते महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। शुक्रबार साँझ डिस्चार्ज भएका ओलीलाई सिधै सरकारी निवास वालुवाटार लगिएको थियो।बालुवाटारमा निवासमा ओलीलाई उनका पिताले स्वागत गरेपछि अ‍ोलीले शिर झुकाएपछि मोहनप्रसादले आर्शिवाद दिएका छन्।‘निवास फर्कँदा प्रधानमन्त्रीज्यूलाई पिताजीको स्वागत’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्। थापाले तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने बताइएको छ। ओलीलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी थीइन,समीक्षा भने पूर्ण स्वास्थ्य लाभ हुँदै फागुन २८ गते डिस्चार्ज भएकी थिइन्।