खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरे अनेरास्ववियू द्वारा ७ दिने उदघोषण तथा ब्यक्तित्व बिकास तालीम समपन्न !


 संवाददाता   March 12, 2020   746 जनाले पढ़िसके




पथरीशनिश्चरे अनेरास्ववियू द्वारा उदघोषण तथा ब्यक्तित्व विकास तालिम,उत्कृष्ट बिद्यार्थी सम्मान साथै नव आगन्तुक बिद्यार्थी स्वागत कार्यक्रम सम्पन्न ७ दिने उदघोषण तथा ब्यक्तित्व विकास तालिम समापन ,उत्कृष्ट बिद्यार्थी सम्मान साथै नव आगन्तुक बिद्यार्थी स्वागत कार्यक्रम बिहीवार सम्पन्न भएको छ।अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटीको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियू कमिटी सह-संयोजक रन्जित तामाङले नेबि संघका कारणले स्वबियु निर्वाचन हुन नसकेको बताउनु भयो।साथै उहाँले अनेरास्ववियू सुकै परिस्थितिमा पनि स्वबियु निर्वाचन गराउन तयार रहेको समेत बताउनु भयो।७ दिन सम्म भएको उदघोषण तथा ब्यक्तित्व विकास तालिममा सहभागी बिद्यार्थीलाई प्रमाणपत्र बितरण,प्रथम बर्षका नवआगन्तुक बिद्यार्थी स्वागत तथा आन्तरिक परिक्षामा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको हो।आन्तरिक परिक्षामा बिबिएस प्रथम बर्ष नेपाली मिडियम उत्कृष्ट हुन सफल दुर्गा प्रसाद दाहाल,बिबिएस दोस्रो बर्ष नेपाली मिडियमबाट रिना राई,ईंग्लिश मिडियमबाट सुनिल राई,बिबिएस तेस्रो बर्षबाट नेपाली मिडियमबाट जमुना लिम्बू,ईंग्लिश मिडियम बाट प्रबिना दाहाल,बिबिएस चौथो बर्षबाट ईंग्लिश मिडियमबाट आयुस्का थापा,नेपाली मिडियमबाट उत्कृष्ट हुन सफल एलिना दियालीलाई सम्मान गरिएको छ। त्यस्तै गरि बिएड प्रथम बर्षबाट मेजर नेपालीमा उत्कृष्ट हुन सफल बिमला बिष्ट,मेजर ईंग्लिश लक्षमन नाछिरिङ राई,दोस्रो बर्षबाट मेजर नेपाली बाट अनिता राई,मेजर ईंग्लिशबाट अमृता बराईली,चौथो बर्षबाट मेजर ईंग्लिशबाट सुजन राई,मेजर नेपालीबाट अन्जु राउतलाई सम्मान गरिएको छ।कार्यक्रममा प्रथमा बर्षमा अध्ययन गर्न आएका नवआगन्तुक बिद्यार्थीलाई स्वागत गर्दै कलम उपहार प्रदान गरिएको थियो।