खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेबिसंघ का कारण स्वबियु निर्वाचन हुन सकेको छैन: सह-संयोजक तामाङ !


 संवाददाता   March 12, 2020   689 जनाले पढ़िसके





नेबिसंघ का कारण स्वबियु निर्वाचन हुन सकेको छैन: सह-संयोजक तामाङ
एलिना दियाली
स्वतन्त्र बिद्यार्थी युनियन(स्वबियु)को चुनाव नेबिसंघको कारण हुन नसकेको अनेरास्ववियू केन्द्रिय सह संयोजक रन्जित तामाङले बताउनु भएको छ। अनेरास्ववियू बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको ७ दिने उदघाेषण तथा ब्यक्तित्व विकास तालिम,उत्कृष्ट बिद्यार्थी सम्मान साथै नवआगन्तुक बिद्यार्थी स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सह संयोजक तामाङले सो कुरा बताउनु भएको हो।साथै उहाँले गत बर्ष पनि नेबि संघकै कारण चुनाव हुन नसकेको ले युबा नेतृत्व उत्पादन गर्ने,मुद्दा माथी बहस गर्न सक्ने,युवा नेतृत्व तयार गर्ने एउटा ठुलो क्षेत्र नै प्यारालाईसिसको अवस्था पुगेको बताउदै भन्नुभयो,” अनेरास्ववियू सुकै मुल्यमा र जुन सुकै समयमा स्वबियु निर्वाचन गर्न तयार रहेको छ।”सहसंयोजक तामाङले नेबि संघलाई पटक पटक जिम्मेवार बन्न आग्रह गरेको कुरा पुनःदोहोर्‍याउनु भयो।विश्व बिध्यालय,नेबि संघ र अन्य सबै बिद्यार्थी संघठनलाई स्वबियुको मैदानको यात्रामा बिचार र बिषयको प्रतिस्पर्धा गर्न सक्ने एउटा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण बनाएर कलेज कलेजमा खडकिएको स्वबियुको अभाब पूरा गर्ने कुरामा अनेरास्ववियू परेको बताउनु भयो।