खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरोनाको त्रास बढीरहेको बेलामा कालो बजारी नगर्न व्यबसायिलाई युवा संघको अनुरोध !


 संवाददाता   March 11, 2020   545 जनाले पढ़िसके




कोरोनाको त्रास बढीरहेको बेलामा कालो बजारी नगर्न व्यबसायिलाई युवा संघको अनुरोध कोरोना भाइसरको त्रास बढिरहेको बेला विभिन्न समाग्रीहरुमा कालो बजारी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ, नेपाल पथरीशनिश्चरे नगरसमितिको आयोजनामा बुधबार पथरी बजार अनुगमन भएको छ ।
संघको आयोजनामा भएको अनुगमनमा नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, संघको मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, जिल्ला सदस्यहरु मनि लिम्बू, भक्त राई, नगर संयोजक सुमन वनेम लिम्बू, सहसंयोजक वनीन कार्की, पार्टी जिल्ला सदस्य जीवन खतिवडा लगायतको सहभागिता थियो ।
टोलीले पथरी बजारको सुदिप मेडिकल, मोरङ अस्पताल, पथरी अस्पताल तथा १० वटा औषधि पसलहरुमा पुगेर मास्क, सेनेटरी प्याड, ग्लोब लगायत सामाग्रीहरु बिक्री वितरण बारे बुझेका थिए ।
जसमध्ये मोरङ अस्पतालले आफूहरुसँग पाँच सय मास्क भएको र चलेकै मूल्य अनुसार एक जनालाई एउटा १० रुपैयाँमै विक्री गरेको बताएका थिए । अन्य अस्पताल र औषधी पसलहरुमा भने यी समाग्री नभएको सञ्चालकहरुले जानकारी दिए । सञ्चालकहरुले मास्क सर्टेज भएको र कतै पाइर विक्री गर्नु परेपनि महंगो नगरिने बताएका थिए ।
त्यसैगरी राष्ट्रिय युवा संघ, नेपाल लेटाङ नगर समितिले पनि बुधबारै बजार अनुगमन गरेको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए । लेटाङ नगर समितिको संयोजक इन्द्र ढकाल, सहसंयोजक उर्गेन तामाङ, महिला नेतृ शान्ति पाख्रिन लगायतको सहभागिता रहेको थियो । संघले कोरोना भाइरसको कारण त्रास फैलिएर संकट परेको बेला कुनै पनि समान महंगो मूल्यमा विक्री नगर्न व्यावसायिहरुलाई अनुरोध गरेको छ ।