खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दुःख भूली सबै उमंग बनोस् यो होली, हरेक रङ हरुको खुशी छर्ने बनोस होली !


 संवाददाता   March 9, 2020   944 जनाले पढ़िसके




होली – बिशेष
रङहरू खुशीले रंगीन बनोस् होलीको दिन
मनहरू स्फूर्तिले नजिक बनोस् होलीको दिन
बर्षमा एकपटक आउने रङहरूको यो चाड
माया सदभाव अझै बनोस् होलीको दिन
हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व
दुःख भूली सबै उमंग बनोस् होलीको दिन
साथी संगी मिली खुलेर मनाउने हो यो चाड
मित्रता झनै रङबिरंगी बनोस् होलीको दिन
बन्धुबान्धबबिचको दुरी मेट्ने यो पनि हो पर्व
सम्बन्ध पुरै रंङीचंङी बनोस् होलीको दिन
#रचना : तारा लाओती लिम्बू
#ठेगाना : पथरी-शनिश्चरे १, बिशाल चौक, मोरङ