खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



समृद्ध समाज निर्माणको लागि लिङ्गको आधारमा भेदभाव अन्त्य गरि,सबैजना मिलेर हिंड्नुपर्छ !


 संवाददाता   March 8, 2020   1218 जनाले पढ़िसके




समृद्ध समाज निर्माणको लागि लिङ्गको आधारमा भेदभाव अन्त्य गरि हामि सबै एक भएर अघि बढनुपर्छ,

एलिना दियाली,

देश विकास सम्भव छैन नारि बिना
संसारको अस्तित्व छैन नारि बिना
नारि पुरुष दुबै समान हुन भन्ने सबैमा विकास होस भावना
यहि छ मेरो ११० आँै अन्तराष्ट्रिय नारि दिवसको शुभकामना!
“समानताको पुस्ता: अन्त्य गरौ हिसा, विभेद र असमानता” भन्ने मूल नाराका साथ मार्च ८ अर्थात् आज ११० औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
यहि अवसरमा सम्मपुर्ण पुरुषहरुमा महिलाले पनि पुरुष जस्तै समान अवसर पाएको खण्डमा जस्ता सुकै जटिल तथा कठिन परिस्थिति र काम पनि सहज र सरल तरिकाले सम्पादन गर्न सक्छन् भन्ने भावना र सोचको विकास होस्। त्यसै गरि सम्पुर्ण महिलाहरुमा म पनि पुरुष भन्दा कमजोर छैन् काम गर्नुपर्छ र अनन्याय,अत्याचार,हिंसा र दमन सहेर बस्नु हुदैन आवाज उठाएर अघि बढ्नुपर्छ भन्ने भावनाको बिकास होेस् ।
महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्यनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसँगै महिलाको मानव अधिकारप्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ दिन विश्वभर महिला दिवस मनाइँदै आएको छ ।
सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्वारा लिखित ‘अ भेन्डिकेशन अफ द राईट अफ ओमन’ सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकार र लैङ्गिक समानताका लागि आधारशिला तयार गरेको देखिन्छ ।
महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।
नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।र अन्त्यमा महिला तथा सम्पुर्ण पुरुषहरुमा लिङ्गको आधारमा भेदभाव नगरि हामि सबै एकै हौं ,एक भएर अघि बढ्नुपर्छ र सभ्य र सुंस्कृत समाजको निमार्ण गरि देश विकासमा टेवा पु¥याउनुपर्छ भन्ने प्रेरणा मिलोस यहि छ मेरो शुभकामना ।
जय नारि!!!