खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



धनकुटामा पुनर्निर्माणको तेस्रो किस्ता लिने ४६ प्रतिशत


 संवाददाता   March 5, 2020   335 जनाले पढ़िसके




धनकुटामा हालसम्म निजी घर निर्माण गर्न ४६ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् धनकुटामा आयोजित पुनर्निर्माणमा देखिएका कानुनी समस्या र समाधानका उपाय सम्बन्धी छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार कुल ३२ सय ४४ लाभग्राहीमध्ये १४ सय ९४ ले मात्र तेस्रो किस्ता लिएका हुन् । भुकम्प गएको पाँच वर्ष वित्न लाग्दा ४६ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका हुन् ।
त्यस्तै हालसम्म पहिलो किस्ता बापतको रकम ८० प्रतिशत र दोस्रो किस्ता बापतको रकम ७० प्रतिशतले मात्र लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले जानकारी दिए ।
पीडितलाई क्षतिको विषयमा प्राविधिकको मूल्यांकनका आधारमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा वैकल्पिक उर्जा जडानका लागि समेत एक लाख रुपैंयाँ सरकारले अनुदान दिने व्यवस्था गरेको थियो ।