खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरे वडा नम्बर-१० को अमरहाट बजार देखी त्रिवेणी चौक जोड्ने बाटो निर्माण कार्यको शिलान्यस !


 संवाददाता   March 5, 2020   736 जनाले पढ़िसके




पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर-१० को अमरहाट बजार देखी त्रिवेणी चौक जोड्ने बाटो निर्माण कार्यको शिलान्यस भएको छ ।
वडाको बजेटको योजनाको रु पच्चिस लाखमा काबेली कन्ट्रक्सन प्रा लि निर्माण गर्ने वडा अध्यक्ष सागर थुलुङले जानकारी गराउनु भएको छ । शिलान्यासमा वडा अध्यक्ष सागर थुलुङ, वडा सदस्यहरु मैना देबी आचार्य , अनोज घिमिरे र मन कुमारी विश्वाकर्माको उपस्तिथीमा सोही वडाका समाजसेबी वीर बहादुर बिष्टको हातबाट शिलन्यास गरिएको छ । बिष्ट लामो समय देखी नगरको बिभिन्न बाटोहरु आफ्नै प्रयासमा मर्मत सम्भार तथा निर्माण गर्दै आएका छन ।
स्थानिय बासीहरुको उपस्तिथिमा सम्पन्न शिलन्यासमा अठठाइस फिट बाटो कायम गर्ने गरी बाटो सिमान्कन कार्य पनि सम्पन्न गरिएको छ । चौडाइ अठठाइस फिट र लम्बाइ करिब दुई किलोमिटर रहेको बाटो बर्खायाम सुरु हुनै लागेकोले समयमा नै काम सुरुवात सँगै सम्पन्न गर्न आवश्यक देखिन्छ ।