खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अनेरास्ववियुको एकता भेला तथा बिद्यार्थी प्रशिक्षण कार्यक्रम सम्पन्न !


 संवाददाता   March 4, 2020   683 जनाले पढ़िसके




अनेरास्ववियुको एकता भेला तथा बिद्यार्थी प्रशिक्षण कार्यक्रम सम्पन्न,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
( अनेरास्ववियु) पथरी बहुमुखी क्याम्पसको एकाई कमिटीको एकता भेला तथा बिद्यार्थी प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।मंगलबार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई प्रशिक्षण दिईएको हो।अनेरास्ववियु ले क्लास कमिटी गठन सँगै संगठन विस्तारको गतिलाई तिब्रता दिएको हो।साबिक अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु को संयुक्त एकता भेला संगै एकताको सन्देश प्रबाह भएको छ। अनेरास्ववियु पथरी एकाई कमिटीका कार्यबाहक अध्यक्ष मुकेश राईको संयोजकत्वमा विभिन्न क्लासहरुमा कक्षा कमिटी गठन गरे सगै एकता भेला गरिएको हो।
अनेरास्ववियुको एकता भेलामा विद्यार्थीहरुले उत्साहपुर्ण सहभागिता जनाएको कार्यबाहक अध्यक्ष राईले बताए ।बिद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुर्याउने उदेश्यले अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस एकाई कमिटीको आयोजनामा बुधबार बाट ७ दिने उदघोषण तथा ब्यक्तितब विकास तालिम हुने समेत कमिटीले जनाएको छ।कार्यक्रमसाबिक अनेरास्ववियु केन्द्रीय सदस्य अन्जु पाण्डे,अनेरास्ववियु मोरङ जिल्ला संयोजक सन्तोष घिमिरेले बिद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो।