खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भुपु सैनिक अंग्रेज़ी स्कुलको २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न !


 संवाददाता   March 3, 2020   1164 जनाले पढ़िसके





भुपु सैनिक अंग्रेज़ी स्कुलको २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न
एलिना दियाली,

भुपु सैनिक अंग्रेज़ी स्कुलले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश २०७६ सोमबार भब्यताका सम्पन्न गरेको छ ।

मोरङको पथरी शनिश्चरे -१ मा रहेको स्कुलले सास्कृतिक कार्यक्रम सहित विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरि आफ्नो २२ औं स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ। कार्यक्रमका बोल्दै प्रमुख अतिथि प्रदेश सांसद सुयर्माराज राईले स्कुलले गरि रहेको कार्य राम्रो रहेको भन्दै खुलेर प्रसंशा गर्नु भयो। साथै उहाँले स्कुलको बिकास र बिस्तारको लागि सक्दो सहयोग गर्न तयार रहेको बताउनु भयो।स्थापना दिवसको अवसर पारेर स-साना बालबालिकाहरुको लागि स्कुलले प्रमुख अतिथि सुयर्माराज राईको हातबाट १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवन उद्घाटन गरिएको छ।
उक्त अवसरमा पथरीशनिश्चरे नगर घर भएकी हिन्दू धर्मको पहिलो महिला शंकरचार्य हेमानन्द गिरी, शैक्षिक अभियान्ता प्रदिपकुमार राई,कलाकार सरोजा खड्गीलाई स्कुलले सम्मान गरेको थियो । स्कुलका गुठियारहरू रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेमकुमार गुरुङलाई पनि सम्मान गरिएको छ । यसैगरी बिध्यालयको पठनपाठन र नानीहरुको पढाई प्रती चासो रख्ने अभिभावकलाई असल अभिभावकको रुपमा तारा लावती, रमेश कोइराला, गोपाल नेपाल र शुभचन्द्र राई सम्मानित गरेको छ।
यसैगरी असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई कदरपत्र प्रदान गरिएको स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेलले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयको गत शैक्षिक सत्रमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।बिद्यार्थीहरुलाई प्रदेश १ का सांसद सुयर्माराज राई, संविधानसभा सदस्य चण्डिप्रसाद राई, प्रदेश सांसद कृष्णा राई, नगर प्रमुख दिलिपकुमार राईले पुरस्कृत गर्नु भएको थियो।