खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रेमसागर निरौलाको तिम्रो हेराईले के जादु गर्याै बोलको गीत सार्वजनिक (भिडियो सहित)


 संवाददाता   March 3, 2020   1319 जनाले पढ़िसके




सरोज निरौला
झापा फागुन २०
नेपाली सांगीतीक क्षेत्रका उदयमान गायक प्रेमसागर निरौलाको तिम्रो हेराईले के जादु गर्याै बोलको गीत सार्वजनिक भएको छ ।
झापाको विर्तामोडमा रहि लामो समय संगीतीक क्षेत्रमा काम गर्दै आएका निरौलाले आफ्नो आधुनीक गीत बजारमा ल्याएका हुन । झापा मेचीनगर नगरपािलका चारआलीका भुपेन्द« आचार्य (कान्छो) को शब्द रहेका सो गीतमा निरौला आफैको संगीत रेहेको छ । उक्त गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालि बाट सार्वजनीक गरिएको हो । माया प्रेममा आधारीत रहेर निर्माण गरिएको गीतको भिडियो ईलामको श्री अन्तु लगायतका स्थानमा छायांकन गरीएको हो । गितमा उसा बस्नेत प्रकाश दहाल लगायतले अभीनय गरेको बताईएको छ । सुमधुर आवाजका धनि निरौलाले यहाँभन्दा अघि आफ्नै युटुब च्यानलमार्फत मारुनी कृष्ण भजन लगायतका विभिन्न भजनहरु ब्जारमा ल्याई सकेका छन् । बिभिन्न गीत संगीत सबैमाझ पस्कने क्रममा निरौलाले देशको मौलीकता र देश प्रती सद्भाव झल्कने गीत चाँडै बजारमा ल्याउने तयारी गरिरहेको समेत बताएका छन् ।