खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सरस्वती आधारभुत बिधालयको दोस्रो बार्षिक उत्सब सम्पन्न


 संवाददाता   March 3, 2020   552 जनाले पढ़िसके




ईलाम फागुन १९

बिबिसि हाङखीम

इलामको सन्दकपुर २ माइमझुवामा रहेको श्री सरस्वती आधारभुत बिधालयले दोस्रो बार्षिक उत्सब समारोह कार्यक्रम सोमबार सम्पन्न गरेको छ।
सन्दकपुर गाउपालिकाका अध्यक्ष उदय बहादुर राइको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष तथा सन्दकपुर गाउपालिकाका प्रबक्ता गिरिराज खनालको बिशेष आतिथ्यता रहेका थीयो थियो। गाउपालिकाका अध्यक्ष उदय बहादुर राइले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो।
सोहि विद्यालयमा कक्षा ५ मा अध्यनरत सेमिन्हाङ राईले नेपाली भाषामा र कक्षा ४ मा अध्यनरत एलिजा राईले अङ्ग्रेजी भाषामा स्वागत मन्तव्य गरेका थिए । कार्यक्रममा शिक्षक तोयानाथ दहाल र शिक्षक सुजना राइ र हार्मो्नियममा पदम खतिवडा र मादलमा मुकेश राइले स्वागत गित प्रस्तुत गरेका थिए भने एलिजा राई,सोफिया राई, आदित्य राइ, अनामिका राइले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हाजिरी जवाफ , पुरुष अभिभावकहरुको लागी हाडिफोर र महिलाहरुलाई म्युजीकल चियर खेलाईएको थियो । आन्तरिक हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत सन्दकपुर हिल, टप्पु हिल, टोड्के फल्स र छिन्तापु हिलको नामबाट ४ वटा समूह बनाइको थियो। जसअनुसार सन्दकपुर हिल २० अङ्क प्राप्त गरि प्रथम, छिन्तापु हिल १९ अङ्क प्राप्त गर्दै दितिय, १६ अङ्क ल्याउदै टप्पु हिल तृतीय र टोड्के फल्सले १५ अङ्क प्राप्त गरेर चौथो स्थान हासिल गरेका छन् ।

म्युजिकल चियरमा महिला पुर्व अभिभावक सुजला राई प्रथम र हाडी फुटाउनेमा सन्दकपुर गाउपालिकाका प्राबिधिक अबिनारायण दहालल बिजेता भएका थिए ।
बिजेता हुनेहरुलाइ गाउपालिकाका प्रबक्ता तथा वडानम्बर २ का वडाअध्यक्ष गिरिराज खनालले पुरस्कार बितरण गर्नुभएको थियो। बिधालयलाई अक्षय यकोषदाता स्थानीय दम्पती राज बहादुर र रामकुमारी पुमाले बिधालयले ४५ सय पर्ने १ थान मादल हस्तान्तरण गर्नुभएको थियो । साथै वहाँले बिधालयलाई उपलब्ध गर्नुभएको १ लाख अक्षयकोषको ब्याज पैसाबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ जनही ५०० का दरले २७ जनालाई उक्त दम्पतीको हस्तबाहुलीबाट बितरण गरिएको थियो। साथै वहाहरुले उक्त बिधालयका उत्कृष्ठ ७ जना शिक्षकहरुलाइ खादा ओडाइ सम्मान गर्नुभएको थियो । विभिन्न विद्यालयका विद्यार्थी अभिभावक लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रमको संञ्चालन विद्यालयका शिक्षक पदम खतिवडाले गर्नुभएको थियो ।