खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



धरान–मुलघाट सुरुङ मार्ग अलपत्र


 संवाददाता   March 3, 2020   318 जनाले पढ़िसके




प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा रहेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा सुरुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकताका साथ समेटेको थियो ।
धरानदेखि मुलघाटसम्म निर्माण हुने सुरुङमार्गका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दा प्रदेश भरी नै चर्चाको विषय बनेको योजना चालू आर्थिक वर्षको आठ महिना बित्दासमेत सुरु नहुँदा स्थानीय निराश छन् ।
कोशी राजमार्गको धरान–धनुकटा सडक खण्ड ५२ किलोमिटरको दुरीमा रहेको छ । सुरुङ मार्ग बनेमा धरान–धनकुटा करिब ३५ किलोमिटरको दुरी हुने जनाइएको छ ।
सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले कार्य्विधि नहुँदा सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया नबढेको जानकारी दिए
सुरुङ मार्ग बन्दा कोसी पहाडी जिल्लासँग तराइ जोड्ने दुरी छोटिनुका साथै धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथमु मात्र नभइ पाँचथर, ताप्लेजुङका स्थानीयलाई पनि प्रदेश राजधानी पुग्न छिटो र सहज हुनेछ ।