खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सर्लाहीका विद्यार्थीले बनाए ड्रोन


 संवाददाता   March 3, 2020   327 जनाले पढ़िसके




सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन् । लालबन्दी नगरपालिका–६ का अनिल मैनालीले ड्रोन निर्माण गरी सफलतापूर्वक उडाएका हुन् ।
मैनाली लालबन्दी नगरपालिका–५ स्थित एभरेस्ट आवासीय विद्यालयमा अध्ययरत छन् । विद्यालयमा आयोजित विज्ञान प्रदर्शनी मेलामा मैनालीले ड्रोन उडाएर सबैलाई चकित पारेका हुन् ।
‘ड्रोन बनाउन आवश्यक विभिन्न किसिमका औजार र र–मेट्रियल काठमाडौंलगायत ठाउँबाट ल्याएर जुटाएँ,’ विज्ञान प्रदर्शनीमा मैनालीले भने, ‘मेरा अभिभावक, गुरु सबैले सहयोग गर्दा ड्रोन बनाउन सफल भएको हुँ ।’
आफूले आगामी दिनमा अझै प्रविधि र विज्ञान क्षेत्रमा नयाँ नयाँ काम गर्ने सोच बनाएको उनले बताए ।