खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आज पहाडी भेगका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना


 संवाददाता   March 3, 2020   221 जनाले पढ़िसके




मङ्गलबार पहाडी भेगका केही ठाउँमा मध्ययन्नपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।
यस्तै दिउँसोसम्म पारिलो घाम लाग्ने काठमाडौंमा दिउँसोपछि बादल लाग्ने उनले बताइन् । उनका अनुसार काठमाडौंमा आज मेघगर्जन हुने वा पानी पर्ने सम्भावना भने कम छ ।