खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय बैठक ढाकामा हुँदै


 संवाददाता   March 3, 2020   311 जनाले पढ़िसके




नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौं बैठक आजदेखि ढाकामा हुँदैछ । बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल हिजै त्यसतर्फ प्रस्थान गरेको छ ।
दुई दिने सो बैठकमा नेपाल–बङ्गलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विचारविमर्श हुनेछ । बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ ।
बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत सहभागी छन् ।