खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरिया र चीनबाट आएका दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का, गरे अस्पातलमा भर्ना !


 संवाददाता   March 1, 2020   266 जनाले पढ़िसके




काठमाडौं, १८ फागुन ।

दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् । दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो । उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको हाेइन। कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ !