खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव भएको छैन् ः प्रेस सल्लाहकार थापा


 संवाददाता   February 27, 2020   225 जनाले पढ़िसके




प्रधानमन्त्रीकेपी शर्मा ओलीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने प्रस्ताव नराखेको बताएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले यस्तो कुनै प्रस्ताव नराखेको दाबी गरेका हुन्।
गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने प्रस्ताव राखेको भनेर आएको समाचारको खण्डन गरेका हुन्।
गत शनिबारको सचिवालय बैठकले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने र राष्ट्रिय सभा सदस्य थप्नेबारे छलफल गर्न कार्यदल बनाएको थियो।
वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा राखिएको थियो। नेम्वाङ र देवकोटा दुबैले कार्यदलमा बस्न अस्वीकार गरेका थिए। चौतर्फी बिरोध भएपछि कार्यदलसमेत विघटन भएको छ। थहाखबर