खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रदेश १ मा पहिलो पाँचतारे होटल मेची क्राउन बैशाखदेखि सञ्चालनमा आउने


 संवाददाता   February 27, 2020   479 जनाले पढ़िसके




पूर्वी नेपालको झापामा डेढ अर्ब लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । मेची क्राउन होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ ।
विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । होटलमा पवित्रकुमार कार्की, बलराम सापकोटा, सुरेशमान श्रेष्ठलगायतको लगानी छ ।
प्रदेश नम्बर १ को झापा स्थीत धुलावारीमा मेची क्राउन होटलको ‘फाइनल टच’को काम मात्र बाँकी छ ।
क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको सञ्चालक पवित्रकुमार कार्कीले जानकारी दिए । ‘हामीले सबै काम सकिसकेका छौं, केहि सामान्य काम मात्र बाँकी छ त्यो पुरा भएपछि बैशाखदेखि सञ्चालनमा आउँछ,’ उनले भने ।
१ सय ५ कोठा सहितको मेची क्राउनमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल समेत छ । भारतीय पर्यटकहरुलाई लक्षित गरी निर्माण भएको सो होटल भद्रपुर विमानस्थलबाट १० मिनेटको दुरीमा मात्र छ ।
भारतको पश्चिम बंगाल र विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने व्यवस्थापकको भनाइ छ । यो पूर्वि नेपालको पहिलो पाँच तारे होटल हो ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् ।
हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने समूह पहिलो भएको दि पिक हस्पिटालिटीका सञ्चालक यादव पाण्डेको भनाई छ । उलने भेन ‘नेपाली व्यवस्थापकहरुले पनि अवसर पाएमा पाँच तारे होटल व्यवस्थापन गर्न सक्छन भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।’ दी पिकको यो चौथो व्यवस्थापन होटल हो न्य’जलय