खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पाँच दिनमा सगरमाथा चढेर कीर्तिमान राख्ने घोषणा


 संवाददाता   February 27, 2020   308 जनाले पढ़िसके




चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् ।
सङ्खुवासभा मकालु गाउँपालिकाका चार जना आरोहीले छोटो समयमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न लागेको जानकारी गराएका हुन् ।
आठ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टाँसिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ ।
निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहयोग र्पुयाउन खोजिएको उनिहरुले बताएका छन् ।