खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



जन्ती आएन, दुलही पर्खेको पर्खेइ


 संवाददाता   February 27, 2020   572 जनाले पढ़िसके




काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् ।
मंगलबार भएको उक्त विवाह भोजमा मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याइएको थियो ।
करिब ७ सय जनाका लागि खानपानको व्यवस्था गरिएको विवाहमा आउनेजाने निम्तालुको लर्कौ चलिरहँदा केटी पक्ष फोन डायल गर्न थाले । आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अचानक बितेकाले आउन ढिला भएकाले यताको तारतम्य मिलाएर जन्ती आउने बताए ।
सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा सम्म जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्षले सशंकित भएर महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरेका थिए ।
१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको बताइएको छ । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोलीले पार्टी प्यालेसमा पुगेर सबै जानकारी लिएका हुन्
आफ्नो घर भनेर डेरा लिई बस्ने आश्रेयले केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे समेत फेला पर्न सकेन । अनुसन्धानको क्रममा विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फर्जी भएको र केटाको वास्तविक नाम साहिल बस्नेत रहेको खुलेको प्रहरीले जनाएको छ ।
पोखरा विमानस्थलमा फेला पारिएको बस्नेतको साथबाट चार हजार अमेरिकी डलर बरामद भएपछि थप अनुसन्धानका लागि राजस्व विभागको बुटवल कार्यालय पठाएको छ ।