खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



‘कैलाश राई’ सिजिको वाई वाई जिङ्ग स्कुटर उपभोक्ता उपहार योजना अन्तर्गत दोश्रो भाग्यशालि बिजेता बने ! [भिडियो सहित ]


 संवाददाता   February 26, 2020   1332 जनाले पढ़िसके





सुमन कुरुम्बाङ्ग
२०७६ फाल्गुन १४
मोरङ, उर्लाबारी । वाइ वाइ जिङ्ग तयारी चाउ चाउको जिङ्गमा जित उपभोक्ता उपहार योजना अन्तर्गत द्वितिय स्कुटी बिजेता हाल उर्लाबारी बसोबास गर्ने स्थायी बसोबास बिर्तामोडका कैलाश राइले प्राप्त गरेका छन ।
हाल उर्लाबारी वडा नम्बर ३ मा स्टार डान्स सेन्टरमा डान्स टिचरको रुपमा काम गर्दै आएका कैलाश राइ लाई आज सोही स्थानमा पुगेर एक कार्यक्रमको आयोजना गरी कम्पनिको डि जि यम श्री लाल बाबु प्रशाद ज्युले स्कुटिको चाबी प्रदान गरेका छन ।
यस कार्यक्रममा दिइएको जानकारी अनुसार सि जि फुडस द्वारा वाइ वाइ जिङ्ग तयारी चाउ चाउको जिङ्गमा जित उपभोक्ता उपहार योजना अन्तर्गत स्कुटिको साथमा अन्य स्कटिङ साइकल , फुट्बल , स्पेनअर टप, कलर्फुल कायरो, स्पिन्स लुडोको साथमा अन्य धेरै उपहार रहेको छ ।
उक्त उपहार २०७६ माघ १९ बाट सुरु गरिएको र यो योजना निरन्तर चलिरहने कम्पनीको डि जि यम श्री लाल बाबु प्रशाद ज्युले बताउनु भएको छ । यस उपहार योजना अनुसार हिजो प्रथम स्कुटी बिजेता धरान अप – महानगरपालिका -१५ कि सुश्री सुप्रियाा श्रेष्ठलाई एक थान स्कुटी प्रदान गरिएको डि जि यम श्री लाल बाबु प्रशाद ज्युबाट जानकारी प्राप्त भएको छ ।