खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



नेकपा नेता झलनाथ खनालकै क्षेत्रमा भएन पर्यटन बिकास ( पर्यटकमा छायो निराशा )


 संवाददाता   February 26, 2020   1374 जनाले पढ़िसके




सरोज निरौला
ईलाम १२ फागुन
नेपालमा भ्रमण बर्ष २०२० चलीरहँदा नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको गृह जिल्ला ईलाममा पुर्वाधार विकाश नहुँदा पर्यटकमा निराशा छाएको छ ।नेपाल सरकारको भ्रमण बर्ष २०२०मा २० लाख पर्यटक भित्रयाउने योजना रहेको थियो तर चिनमा महामारीको रुपमा फैलएिको कोरोना भाईरसका कारण चिनियाँ नाका बन्द हुँदा यस्को प्रत्यक्ष असर भने नेपाललाई परेको छ । कोरोना भाईरस चिनमा मात्रै नभएर बिश्वका अन्य देशहरुमा पनि देखा परेपछि नेपाल भ्रमण बर्ष झनै दुविधामा परेको छ । नेपालको छिमेकि राष्ट्र चिन र भारतमा नै यस्को सक्रमण देखिए पछि बाह्य पर्यटक भित्रने संङ्ख्या न्युन रहेको छ तर आन्तरीक पर्यटककोे चहलपहल भने धेरै देख्न सकिन्छ ।
नेपालको घुम्नै पर्ने १  गन्तव्य सूचीमा परेको ईलमको पर्यटकीय स्थल सुर्योदय नगरपालिकामा रहेको कन्याम र घामको झुल्को हेर्न सकिने श्री अन्तुमा पर्यटकको चहलपहल भएता पनि पुर्वाधार विकास भने शुन्य जस्तै देखिएको छ । पर्यटकीय स्थल सम्म पुग्ने बाटो घाटो ,शान्ति सुरक्षा , औषधि उपचारकको लागी स्वास्थ्य संस्था , र बैङ्क लगायताको आतिआवश्यकिय पुर्वाधारको विकाश नहुँदा जहाँकहिँ बाट घुम्न आउने पर्यटक मार्कामा पर्ने गरेका छन् । प्रमुख गन्तव्यको सूचीमा रहेको पर्यटकीय स्थल श्री अन्तुमा यस्ता समस्या छर्लङ्ग देख्न सकिन्छ । पर्यटकका नाममा सञ्चालन गरीएका होमस्टेहरुमा होमस्टेको अवधारणा विपरीत सञ्चालन गरीएको पाईएको छ ।
होमस्टेको अवधारणा अनुसार
(क) पाहनुाहरुको लागी हरेक घरमा कम्तीमा एक कोठा र दुई ओच्छयान भएको हुनुपर्ने
    र एक घरमा बढीमा ४ कोठा र ८ बेड मात्रै राख्न पाईने
(ख)  शौचालय र स्नानगृहर को अनिवार्य व्यवस्था  भएको हनुपुर्ने ।
(ग)  घरायसी र वातावरणीय सरसफाईको राम्रो व्यवस्था हुनुुपर्ने ।
    घरायसी फोहरमैला व्यवस्थापनका लागी कुहिने र  कुहिने  फोहरको छुट्टा छुट्टै विषर्जन गर्ने    
    व्यवस्था भएको हुनुपर्ने ।
(घ) टेलीफोन र ईन्टरनेटको व्यव्सथा भएको हुनुपर्ने ।
स्थानिय कृषि घरेलु तथा हस्तकला प्रविधिमा सहभागी गराई पर्यटक तथा स्थानीय जनता विच जिवन शैली कला संस्कृती भेषभुषा आदि विषयमा अवलोकन अनुभव तथा ज्ञानको आदानप्रदान गराउने लगायतका अवधारणा रहेको भए पनि त्यस क्षेत्रमा यस्को वास्ता गरेको नपाईएको स्वयं पर्यटकले गुनासो गरेका छन् ।
पर्यटक को गुनासो के छ त ?
पुर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालको जिल्लामा यस्तो असुविधा रहनु लजास्पद रहेको गुनासो गर्छन । ईलाममा घुम्न आउने पर्यटकले सेवा सुविधा पाउनु पर्ने तर गाडिको बाटो , र्बैङ्क एटिम, स्वास्थ्य संस्था जस्ता कुराको अभाव रहँदा सास्ती खेप्नु परेको गुनासो गरेका छन ।
दैनीक हजारौँको सङ्ख्यामा पर्यटक पुग्ने सो स्थानमा पुर्वाधार विकाश नहुँदा अतिनै दुख लागेको बताउछन । यस्तै काठमाण्डौ नयाँ बानेश्वर बाट घुम्न आएका   प्रधुम्नलाल श्रेष्ठले ईलाम राम्रो स्थान रहेको तर स्थानिय तहको गम्मभिर ध्यानाकर्षण नभएका कारण अझ पर्यटकलाई आकर्षण गर्न नसकेको बताउछन् । अर्का पर्यटक काठमाण्डौकै राम प्रसाद श्रेष्ठले यस क्षेत्रको राम्रो प्रचार र बिकाश गर्न नसकेको बताउछन् । उनि भन्छन “सुर्योदय नगरपालिकालई मेरो अनुरोध छ यस्को विकासमा ध्यान दिनु पर्यो” ।
के भन्छन नगरपालिका प्रमुख ?
नगरपलिकाका प्रमुख रन बहादुर राईका अनुसार  नगरपालिकाले उक्त क्षेत्रको विकाशको लागी विभिन्न क्षेत्रसँग घनिभुत छलफल अगाडि बाडाएको र यस समस्याले छिट्टै निकास पाउने बताउँछन् । श्री अन्तुमा रहेका होमस्टेले गरेको गतीबिधिका बारमा प्रश्न गर्दा उनले सबैभन्दा पछि परेको र ईलाम जिल्लामा मात्रै रहेको लेप्चा समुदायको संस्कृती उत्थान गर्नको लागी नगरमा रहेको फ्यान्स्ुङ गुम्बा लाई व्यवस्थापन गरिने र होमस्टेका विषयमा कार्यबिधि बन्दै गरेको बताए ।
नगरमा रहेको उक्त गुम्बाको स्तर उन्नतीको लागी  ३ करोड ७५ लाख बराबरको स्टमेट गरी काम अघि बढाउन लागएिको राई बताँउछन । यस्तै नगरको ७ नम्बर वाडमा पर्ने कन्याम क्षेत्रको विकासको सन्दर्भमा बाटोको स्तरउन्नती भई रहेको र त्यहाँ हुने जाम व्यवस्थापनका लागी सडक ठुलो पार्न सडक बिभिग सँग सहकार्य गरि  काम पनि भई रेहको उनी बताउँछन् । कन्याम घुम्न आउने पर्यटकको लागी स्थानिय संस्कृति झल्काउने पोषाक, घोडामा चडेर फोटो खिचाउने आदिले आकर्षण तानेको र अझ यसमा अन्य संस्कृतिका विषयलाइृ पनि समेटिने उनले बताए ।कन्याममा भएको फोहर मैलाको सन्दर्भमा उनले त्यहाँ रहेको फोहोरलाई अन्यत्र लगी व्यवस्थापनमा पनि जोड दिन नगरपालिकाले डम्पिङ साईट बनाउने सन्दर्भ पनि अघि सारेको उनको भनाई रेहको छ । यस्तै श्री अन्तुमा  जाने सडकको सवालमा उनले त्यस्को पनि व्यवस्थापनमा लागी परेको र बाटो सानो र साँघुरो भएको गुनासो आएपछि यस्लाई फराकिलो बनाउन र स्तरबृद्धि गर्न सम्वन्धित निकायमा छलफल जारी रहेको उनले बताए ।   श्री अन्तुमा जाने पर्यटले बैङ्कि  सुविधा नपाएको विषयमा पनि नगरपालिकाले थप केहि कार्ययोजना अघि बढाएर त्यस्को व्यवस्थापनमा जोड दिने उनको भनाई रहेको थियो । उनले कन्यामको फोहोर र जाम व्यवस्थापनमा केहि वपरिवर्तन गरेता पनि घम्न आउने पर्यटकलेनै यस विषयमा चासो नदिई जथाभावि गरिदिने कारणले थप समस्या चुलीने र पार्किङ र फोहोर व्यवस्थापनमा पर्यटक स्थानिय लगायतको पनि सहयोग चाहिने उनको भनाई रहेको थियो ।
नेपालमा रहेका संस्कार संस्कृतिलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न र पर्यटकीय स्थानलाइ व्यवस्थीत बनाउन सम्वन्धित निकायले ध्यान दिनुपर्ने आवश्यक्ता देखिन्छ । ईंलाम जिल्ला पर्यटनको दृष्टिकोणले अब्बल क्षेत्र रहेता पनि यस क्षेत्रको विकासले निकास पाउन नसक्दा समस्या जिउकातिउ जस्तै देखिएको छ । नेपालमा भ्रमण बर्ष २०२० चलिरहेको सन्दर्भमा स्वदेशि तथा विदेशि पर्यटकलाई आकर्षित बनाउन गाँउ समाज देखि लिएर सबै क्षेत्र समेटिनु र अघि बढ्नु जरुरी देखिन्छ । स्थानीय स्तरमा भएको मन्दिर गुम्बा लगायत महत्वका साथ हेरिने प्राकृतिक संम्पदालाई संरक्षण गर्नु र यस्को विकासमा लागी परेमा पक्कै पनि यो भ्रमण बर्ष थप उत्साहजनक र थप प्रभावकारी देखिनेमा दुई मत नहोला ।