खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



काँग्रेसकी नेतृ सुजता कोइराला अधिकांश सम्पत्ति बिक्री गरेर नेपाल छाड्दै !


 संवाददाता   February 26, 2020   360 जनाले पढ़िसके





काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छन्। पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकाे र बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाइरकी छन् । त्यसैका लागि सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् ।
बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न माध्यममार्फत यसका लागि पहल गरिरहेको जनाइएकाे छ ।प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकाे समाचार आजको घटना र विचार साप्ताहिकमा छापिएको छ ।