खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बसोबासको आधारमा सुकुम्बासीलाई धनिपुर्जा दिन नगर प्रमुखलाई पत्र !


 संवाददाता   February 25, 2020   556 जनाले पढ़िसके





पथरिशनिश्चरे नगरपालीका,
मोरङ । सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले आज (आज फागुन १३) नगरको हिउँदे अधिबेशनबाट जोतभोगको आधारमा जग्गाधनी पुर्जा वितरण गर्न पथरीशनिश्चरे नगरमा ध्यान आकर्षन पत्र बुझाएको छ ।
समितिको अध्यक्ष जहरमान लिम्बू, उपाध्यक्ष मानबहादुर बिक, सचिव देबेन्द्र वनेम लगायतको टोलिले नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलाई संयुक्त रुपमा ध्यान आकर्षण पत्र बुझाएका हुन ।
पथरीशनिश्चरे नगरपालिकाको हिउँदे नगर सभा आगामी फागुन १६ र १७ गते बस्दै छ । उक्त अधिबेशन भोगको आधारमा सुकुम्बासीलाई धनिपुर्जा वितरणको निर्णय गर्न उक्त पत्रमा उल्लेख छ ।
संघीय संसद र राष्ट्रिय सभाबाट पारित भएको संसोधित भूमी ऐन दफा ५२ ख उपदफा (५)मा उल्लेख भएको २५ प्रतिशत दस्तुर घटाउन पहल गर्नु पर्ने उल्लेख छ ।
नगर क्षेत्रमा २०३५/०३६ देखि बसोबास सुरु भएको थियो । ढालफाड गरि बसोबास गरिसकेपछी २०४२/०४३ मा जग्गाधनी पुर्जा अर्कैले निकालेका थिए । त्यहा जग्गा एउटाको र भोग अर्कोको गरि दोहोरो स्वामित्व रहदै आएको छ ।
यधपी सुकुम्बासीहरुसँग ढालफाड गरेको बेलादेखिको घरधुरी कर तिरेको रसिद रहेको छ, सुकुम्बासीको पक्षमा सुकुम्बासी आयोग र अदालतको निर्णयहरु रहेपनी जग्गाको कर भने अर्कैले तिर्दै आएको छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले भोग गरि आएको जग्गा नाप नक्सा गरि धनीपुर्जा दिनुपर्ने उल्लेख छ ।
ध्यान आकर्षन पत्र बुझ्दै नगर प्रमुख दिलिपकुमार राईले पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाले संघीय भिमी भूमी व्यबस्था र तत्कालीन कानुन (हाल स्वास्थ) मन्त्रीलाई भेटेर ऐनमा भएको २५ राजस्व घटाउनु पर्ने, कमैयाले पाउने भनिएको ५ कट्टाबाट बढाएर १ बिगाहा बनाइनु पर्ने कुरा राखेको बताए ।