खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कस्ले कता लाग्यो ”गोकुल बास्कोटा” को सात वटा डायरी !


 संवाददाता   February 25, 2020   554 जनाले पढ़िसके




काठमान्डौ ,
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उहाँको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन्।’ –स्रोतले समाचारपत्रसँग बतायो। तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्यो– ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि !’यसबारे थप बुझ्दा उक्त मन्त्रालयका सचिव दीपक सुवेदीले अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको बताउनुभयो।