खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



किरात याक्थुम चुम्लुङ इजरायल द्वारा शिक्षा सदनमा अक्षय कोष स्थापना ! [फोटो फिचर सहित ]


 संवाददाता   February 24, 2020   585 जनाले पढ़िसके





सुमन कुरुम्बाङ

मोरङ , फाल्गुन १२ । पथरी शनिश्चरे वडा नम्बर ६ स्थित मुसहर समुदायको अधिक बिद्यार्थी सँख्या रहेको श्री शिक्षा सदन आधारभुत बिधालयमा शैक्षिक अभियानता प्रदिप कुमार राइको सम्योजनमा किरात याक्थुम चुम्लुङ इजरायलले अक्षय कोष स्थापनाको निमित्त्त रु अन्ठाउन्न हजार बिधालय ब्यवस्थापन समितीलाई प्रदान गरेको छ ।

शैक्षिक अभियानता हाल हङकङमा रहदै आउनुहुने सरस्वती राइले शिक्षाको गुणस्तर बिकास होस् भन्ने उदेश्यले बत्तिस इन्चको एल सि डि आफ्नै उपस्तिथिमा बिधालयलाई प्रदान गर्नु भएको छ ।

पर्याप्त भौतिक सुबिधासम्पन्न नभएको यस बिधालयमा शैक्षिक अभियानता प्रदिप कुमार राइको अग्रसरतामा गर्मी महिनामा पठनपाठनमा सहज होस् भन्ने उदेश्यले दश थान सिलिङ पंखाहरु पनि कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख दिलिप कुमार राइको बाहुलिबाट हस्तान्तरण भएको छ । अती बिपन्न परिवारका बिद्यार्थीहरु अधिक्तम रहेको यस बिधालयमा कक्ष। पाच सम्म सन्चालन हुदेइ आएको छ भने करिब एक सय बिद्यार्थी सँख्या रहेको छ। बिधालयमा उपलब्ध बिधुतिय समग्री जडान गर्न नगरपालिका द्वार बिधुत जडान खर्च उपलब्ध भएको र आगामी तीन बर्ष भित्र अक्षय कोषलाई तीन लख पुर्याउने लक्ष्य रहेको शैक्षिक अभियान्ता राइले बताउनु भएको छ ।

वडा अध्यक्ष जय बहादुर तामाङले आफ्नो वडामा कार्यक्रम लिएर आउनुभएकोमा अभियान टोलीलाइ आफ्नो मन्तब्य मार्फत धन्यवाद ब्यक्त गर्दै आफ्नो वडाले उच्च प्रथाइक्ता दिने बचन्बद्दता दिएका छन । नगरप्रमुख दिलिप कुमार राइले सम्पूर्ण सरोकर पक्षलाई यस महान शैक्षिक अभियानमा जोडीन अभिप्रेरित गर्दै कतिपय महँगो सँस्कारलाई कम खर्चिलो बनाउदै शिक्षामा लगानी गरे असल हुने बताउनुभयो ।