खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कोरोनाले ओलम्पिकमा समेत असर गर्न सक्ने


 संवाददाता   February 23, 2020   275 जनाले पढ़िसके




कोरोना भाइरसको कारण जुलाईमा सुरु हुने ओलम्पिक खेललाई पनि असर पार्ने भएको छ ।
जापानको राजधानी टोकियोमा २४ जुलाईबाट सुरु हुन ओलम्पिक समेत अन्यौलमा पर्ने सम्भावना देखिएको हो । जापानमा पनि कोरोना भाइरसको संक्रम भेटिएपछि चिन्ता बढेको छ । जापानमा अहिलेसम्म ७०० भन्दा धेरैलाई कोरोनाको संक्रमण देखिएको छ ।
चीन पछि सबैभन्दा बढी कोरोनाको असर जापानमा देखिएको हो । यही कारण आयोजकले स्वयंसेवकहरुको लागि दिइने प्रशिक्षण स्थगित गरेको छ ।
तर जापानले पटक पटक ओलम्पिक तय गरिएकै समयमा खेलाउने दाबी गरिरहेको छ ।