खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आयुर्वे्दिक उपचारमा आकर्षण बढ्दै


 संवाददाता   February 23, 2020   220 जनाले पढ़िसके




पछिल्लो समय भोजपुरका स्थानीयको आयुर्वे्दिक उपचारमा आकर्षण बढेको छ ।
स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन् ।
भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउँछन् । उनलाई जण्डिस हुँदा आयुर्वे्दिक औषधिले काम गरेको उनको भनाइ छ ।
जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको छ ।
सर्वसाधरण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आर्यूवेदिक उपचार गर्छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको यस अवधिमा सेवा लिन आएका ७ सय ६७ जना मध्ये ६ सय ५२ बिरामी नियमित औषधि सेवनबाट निको भएका छन् । केही बिरामी उपचारका क्रममा रहेका छन् ।
अधिकांशमा जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी भएका कार्यालय प्रमुख दिलीप झाले बताए।
आयुर्वे्दिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधरणमा यसको चेतना पूर्णरूपमा पुगिनसकेको उनको भनाइ छ ।
२०५८ सालदेखि भोजपुरमा आयुर्वे्दिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चुर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो ।
भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन् । कोशीअनलाईन