खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



काकाडिभित्तामा घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने तीन जना पक्राउ !


 संवाददाता   February 22, 2020   212 जनाले पढ़िसके




झापा । मेचीनगर नगरपालिका–७, काकाडिभित्तामा चार तले घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर–६ का ४८ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवकोटी, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मोरङ घर भइ मेचीनगर बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यौनजन्य गतिविधिविरुद्ध निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको टोलीले २० र २१ वर्षकी दुई जना महिलालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछका क्रममा उनीहरुले आफ्नो घर भक्तपुर र मोरङ भएको बताएका थिए ।
उनीहरुले युवतीहरुमाथि शारीरिक र मानसिक यातना पनि दिइने गरिएको प्रहरी दाबी छ ।
पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार जिल्ला अदालत, झापाबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।