खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बसको ठ’क्कर बाट बालक को घ’टना स्थलमै मृ’त्यु !


 संवाददाता   February 21, 2020   276 जनाले पढ़िसके




दोलखा,
दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबाहक बसको ठ’क्करबाट एक बालकको मृ’त्यु भएको छ ।कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीमा यात्रुबाहक बसको ठ’क्करबाट स्थानीय बालक पुजन थामीको मृ’त्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज विहान करिव ११ बजे बालकलाई ठ’क्कर दिँदा उनकोे घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठ’क्कर दिएको थियो ।
स्थानीयका अनुसार शिवरात्री मनाउनका लागि डोरी टाँ’गेर सहयोग माग्दै गरेका बालवालिकाको स’मूहलाई बसले डोरी सहित ल’तार्दा बालक पुजन थामीको बसको पछाडि पट्टिको च’क्काले कि’चेर मृ’त्यु भएको हो ।बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । मृ’तक बालकको श’व घ’टनास्थलमै राखिएको छ भने ठ’क्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिधाकुरा बाट