खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दमकल छिर्ने बाटो नहुँदा, राईको सम्पत्ती भयो खरानी !


 संवाददाता   February 21, 2020   256 जनाले पढ़िसके




इटहरी ।
भर्खरै ब्यवसायमा लागेका इटहरी अर्जुन राईलाई शुत्रबार ठुलो विपती आई लाग्यो । केहि बर्ष अगाडी सुरु गरेको कुखुरा फर्ममा आगो लागेको खबरले निराश भए । फोन आए सँगै हत्तारिन्दै आफ्नो फर्ममा अर्जुन पुग्दा अधिकांस कुखुरा मरिसकेको थिए ।बिहान साडे ४ बजे तिर फर्ममा आगलागी भए पछि गाउँभर हल्लाखल्ला मच्चिएको थियो । तर गाउँलेहरुको प्रयास पनि सफल भएन । स्थानीयहरुले दमकललाई फोन गरेर बोलाए पनि दमकल पुग्ने बाटो नहुदा थप क्षती भएको राईले बताए ।
दमकल त आएकै हो तर साधुरो बाटो भएको कारण मोड्ने ठाउँ नहुदा फर्म सम्म आईपुग्न नसक्दा थप क्षती भयो उनले भने । केहि महिना अघि लेयर्स कुखुरा हालेका उनले अहिले १ हजार बोईलर कुखुरा पाल्न थालेका थिए । कुखुरा सँगै दानाहरु पनी जलेर खरानी भएको उनको गुनासो थियो । प्राय बेलुका सधै यही बस्थे २ दिन देखि भने घरमा गएर बसेको थिए आज यस्तो भयो दुखेसो गदै राईले भने । मलाई दिननै लागेको रहेछ निराश हुदै उनले थपे । विद्युत सर्ट भएर लागलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।