खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चितवन निकुञ्जमा भेटियो नयाँ प्रजातिको चरा


 संवाददाता   February 21, 2020   269 जनाले पढ़िसके




चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।
बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वाध्यक्ष एवं चराविद् बासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले बिहीबार निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको चरा भेटेका हुन् ।
छिपछिपे पानीमा पाइने ‘पूर्वीय कुलबारी’ चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमा पहिलोपटक भेटिएको उनले बताए ।
नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।