खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



धनकुटाका शहिद परिवारलाई पाँच लाख राहत


 संवाददाता   February 20, 2020   903 जनाले पढ़िसके




धनकुटाको शहिदभुमीका सहिद परिवारले राहत पाएका छन् । प्रदेश सरकारले धनकुटाको शहिदभूमि गाँउपालिकाको खोकु छिन्ताङ्ग र आँखीसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिको परिवारलाई प्रजातन्त्र दिवसको अवसर पारेर प्रतिपरिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिकमत कार्कीसहितको टोली छिन्ताङ्ग पुगेर राहत उपलब्ध गराएका हुन् । पञ्चायती शासनको विरोध गर्दा फरक विचार राखेको भन्दै तत्कालीन सरकारले १६ जनाको हत्या गरेको थियो ।