खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने झापाका १० युवा पक्राउ


 संवाददाता   February 20, 2020   231 जनाले पढ़िसके




भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई पक्राउ गरिएको छ ।
बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका झापाका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायतलाई पक्राउ गरेको हो ।
सन्दकपुरको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण गर्न उनीहरुले ड्रोन प्रयोग गरेको बुझिएको छ । तर, भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको र त्यही कारण पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई दार्जि्लिङको सुकेपोखरी प्रहरी चौकी लगिएको र भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ ९० अन्तर्गत मुद्दा दायर गरिएको छ ।
त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको जनाइएको छ ।
दार्जि्लिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।