खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको दुर्घटनामा परेर मृत्यु


 संवाददाता   February 20, 2020   202 जनाले पढ़िसके




भारतमा सवारी दुर्घटनामा परेर ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको जनाइएको छ ।
कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।
कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।
भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।