खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सन्चारमन्त्री बाँस्कोटा राजीनामा दिने तयारीमा


 संवाददाता   February 20, 2020   235 जनाले पढ़िसके




सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गे्निङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् ।
बिहिबार (आज) दिउँसो नै उनले राजीनामा दिने जनाइएको छ । ती नेताका अनुसार अहिले सन्चारमन्त्री गोकुल बाँस्कोटा काठमाडौंबाहिर छन् । उनले काठमाडौं फर्किएलगत्तै राजीनामा दिनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् ।
आज प्रधानमन्त्री ओलीसँग भएको उनको वार्तामा पनि उनलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।