खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

आहा ! रारा ! गोल्डकप पोखरा रंगशालामा हुने

 संवाददाता   February 20, 2020   386 जनाले पढ़िसके

१८ औं संस्करणको आहा ! रारा ! गोल्डकप फुटबल पोखरा रंगशालामै हुने भएको छ ।
पोखरा रंगशाला निर्माणाधीन अवस्थामा रहेपनि फागुन अन्तिम साताबाट सुरु हुने प्रतियोगिता पोखरा रंगशालामै हुने निश्चित भएको हो । प्रतियोगिता अघि रंगशाला निर्माणको काम लगभग सकिने भएको छ ।
सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ ।
पोखरामा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पनि रारा गोल्डकप पोखरा रंगशालामा हुने बताए
यस्तै कार्यक्रमपछि पोखरा रंगशालाको निरिक्षण गर्दै सदस्य सचिब सिलवालले निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरुसँग रंगशालाको कामको जानकारी लिएका थिए । ््
पोखरा फुटबल स्टेडियमको कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिब सिलवालले बताए ।
निर्माण कम्पनीका प्राविधिकका अनुसार फागुन २२ गते सम्म रंगशालाको १३ हजार ७ सय सिट बस्न लायक हुनेछ । यस्तै १२ वटा शौचालय प्रयोग गर्न सकिने भए पनि चेन्जिङरुम भने निर्माणाधिन अवस्थामा रहेको छ ।
पोखरा रंगशालामा करिब ५० जना अपाङगता भएका दर्शकहरुलाई समेत बस्ने व्यवस्था हुनेछ ।