खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वडा अध्यक्ष सागर थुलुङ व्हिल चेयर बितरण कार्यलाई निरन्तरता दिदै


 संवाददाता   February 18, 2020   717 जनाले पढ़िसके




मङ्गलबार, फागुन ०६, २०७६

पि एल टिभी अनलाइन । मोरङ, पथरी शनिश्चरे वडा नम्बर १० का वडा अध्यक्ष सागर थुलुङले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आज दुई जना अपाङ्गहरुलाई क्हिल चेयर बितरण गरेका छन ।
बिभिन्न सामाजिक कार्य गर्दै चर्चा बटुल्दै आएका वडा अध्यक्ष थुलुङ्ले आफ्नो वडाका शारीरिक अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसरमा ब्यक्तिगत स्रोत परिचालन गर्दै व्हिल चेयर बितरण कार्यलाई निरन्तरता दिदै आएका छन । आज सोही वडाको हिन्डुल गर्न नसक्ने बिपन्न बर्गको बर्ष ४६ को गीता चौहान र अर्का एक्जना सोही वडाको बिरेन्द्र चौक स्थित जन्मजात अपाङ्ग खतिवडा परिवारको अपाङ्ग सदस्यलाई सुबिधा सम्पन्न दुई थान व्हिल चेयर बितरण गरेका छन ।


वडाको बिरामीहरु देखी लिएर बिभिन्न समस्यामा परेकोहरु प्रती जिम्मेवार ढंगले लाग्न रुचाउने वडा अध्यक्ष थुलुङले बिकासको योजनाहरुलाई वडाको क्षेत्रको भुगोल र कसरी बढी जनसख्या लाभान्बित हुन सक्छन सोही आधारमा कार्यन्वयन गर्ने बताउदै भर्खरै स्वास्थ्य चौकी वडाको केन्द्र भाग त्रिवेणी चौकमा छनौट गरेको जानकारी गराउनु भएको छ ।