खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगितामा न्यु प्यागोडा बिजयी


 संवाददाता   February 17, 2020   436 जनाले पढ़िसके




प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगितामा न्यु प्यागोडा बिजयी
एलिना दियाली
प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिताको उपाधी पथरीको न्यु प्यागोडाले माबिले चुम्न सफल भएको छ।सोमबार भएको फाईनल खेलमा रेड स्टार बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै न्यु प्यागोडाले उपाधी चुम्न सफल भएको हो।निर्धारित समय अवधी भर दुबै टिम बाट गोल नभए पछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो ट्राईबेकरमा पनि दुबै टिम ले समान तिन तीन गोल गरेपछि खेलमा सडन डेथबाट बिजयी को टुङ्गो लागेको हो।सडन डेथमा रेड स्टारका खेलाडीले प्रहार गरेको बल पोस्ट बाहिर गएपछि न्यु प्यागोडाले उपाधी माथी कब्जा जमाएको हो। दुई गते बाट सुरु भएको खेलमा वाल्मीकि माबि र अन्नपूर्ण माबी क्रमशः तेस्रो र चौथो भएका छ्न। सर्बाधिक गोल कर्तामा अन्नपूर्णका गणेश बुढाथोकी पुरस्कृत हुदा म्यान अफ दि सिरिज प्यागोडाका प्रबीण ढकाल घोशित भए।बिजयी िटमलाई प्याब्सन नगर समिती अध्यक्ष उपेन्द्र कडेल, सदस्य नवल किशोर खनाल,साथै प्याब्सन जिल्ला सदस्य िटका प्रसाद दङ्गाल एबम एक नम्बर वडा अध्यक्ष बाबुराम येङ्देनले ट्रफि,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको छ।पथरी प्याब्सन नगर समिती द्वारा आयोजना गरिएको प्रतियोगितामा नगरका २० वटा प्याब्सन आवद्ध बिध्यालयको सहभागीता रहेको थियो।