खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत क्वाटर फाईनलका खेल सम्पन्न


 संवाददाता   February 16, 2020   663 जनाले पढ़िसके





प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत क्वाटर फाईनलका खेल सम्पन्न सम्पन्न
एलिना दियाली
प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत आईतवार क्वाटर फाईनलका खेल सम्पन्न भएको छ।आईतवार भएको पहिलो खेलमा अन्नपूर्ण माबि ले प्यागोडा मोडेल माबिलाई ३-० ले पाखा लगाउदा वाल्मीकि माबी ले भुपु सैनिक माबी माथी ३-२ को जित निकाल्यो ।त्यस्तै आजै भएको दोश्रो खेलमा अन्नपूर्ण माबिले न्यु प्यराडाईज स्कुललाई ५-० ले पाखा लगाउदै सेमि फाईनल मा स्थान पक्का गरेको छ।त्यस्तै गरि वाल्मीकि माबी र बाल जागरण स्कुल बिच भएको खेल १-१ को बराबरीमा रोकिए पछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो।पेनाल्टीमा बाल जागरणलाई ४-३ ले पराजित गर्दै वाल्मीकि माबी सेमिफाईनलमा प्रबेश गरेको छ।शुक्रबार बाट सुरु भएको खेलमा सोमबार सेमिफाईनल र फाईनल खेल हुनेछ्न। सोमबार हुने पहिलो सेमि फाईनल खेल रेड स्टार माबी र अन्नपूर्ण माबी बिच हुनेछ भने दोस्रो खेलमा न्यु प्यागोडा माबी र वाल्मीकि माबी बिच प्रतिस्पर्धा हुनेछ।सोमबार नै हुने फाईनल खेलमा रेड स्टार माबी र अन्नपूर्ण माबी बिचको खेलको बिजेता ले न्यु प्यागोडा माबी र वाल्मीकि माबी बिच भएको खेलको बिजेता संग प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक खगेन पुलामीले बताउनु भयो।जारी खेलमा नगरका २० वटा प्याब्सन आवद्ध बिध्यालयको सहभागीता रहेको छ।