खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बुवा सँग छोरीले दाइजोमा मागिन् आफ्नो तौल बराबर किताब


 संवाददाता   February 16, 2020   243 जनाले पढ़िसके




एजेन्सी , साधारणतया, जन्मघरबाट बिदा गर्नेबेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहिबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे ।वास्तवमा, शिक्षक हरदेव सिंह जाडेजाकी छोरी किन्नरी बालाई बाल्यकालदेखि नै किताब पढ्ने शौक छ । उनको घरमा पाँच सय किताबको लाइब्रेरी छ । जब उनको विवाह इन्जिनियर पूर्वजीत सिंह हुने निश्चित भयो तब उनले दाइजोको रुपमा आफ्नो तौल बराबरको किताब मागिन् ।
तब पिता हरदेव सिंहले छोरीको इच्छा पूरा गरिदिने सोच बनाए । पूर्वजीत सिंह क्यानडामा बस्छन् ।हरदेव सिंहले सुरुमा आफूलाई मनपर्ने किताबको सूची बनाए । त्यसपछि ६ महिनासम्म दिल्ली, काशी र बेंगलुरुसमेत विभिन्न शहरबाट किताब जम्मा गरे । यसमा महर्षि वेद व्यासदेखि आधुनिक लेखकका अंग्रेजी, हिन्दी र गुजराती भाषाका किताब समावेश छन् । कुरान, बाइबलसमेत १८ पुराण पनि समावेश छन् । उनले उक्त किताबलाई गाडीमा भरेर छोरीको बिदाई गरेको जानकारी दिए ।