खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत शनिबार ६ खेल सम्पन्न !


 संवाददाता   February 15, 2020   571 जनाले पढ़िसके




प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत शनिबार ६ खेल सम्पन्न ! एलिना दियाली
प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत शनिबार ६ खेल सम्पन्न भएको छ।शनिबार भएको पहिलो खेलमा प्यागोडा मोडेल ले एभरेष्ट बोर्डिङलाई २-० ले हराउदा दोश्रो खेलमा वाल्मीकि बोर्डिङ स्कुलले सुपर्ब मोडेललाई ५-० हराउन सफल भयो।आजै भएको अर्को खेलमा केचना प्याराडाईज ले कन्चन्जङ्गा बोर्डिङ माथी २-० को जित निकाल्दा बालजागरण ले ग्रेट ग्रयास माथी ७-० को जित निकाल्दै अर्को चरणमा प्रबेश गरेको छ भने न्यु प्यागोडा ले अरुणदय माथी ३-२ को जित दर्ता गरेको छ। आज भएको अन्तिम खेलमारेड स्टार ले प्याराडाईज २-० ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको कार्यक्रम संयोजक खगेन पुलामी ले बताउनु भयो।शुक्रबार बाट सुरु भएको खेल आगामी ५ गते सम्म चल्नेछ।जारी खेलामा नगरका २० वटा प्याब्सन आवद्ध बिध्यालयको सहभागीता रहेको छ।