खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सिरुपाते खु’कुरी बोकेर नेपाल बैंकको मेनेजर का’ट्छु भन्दै हिंड्ने गिरी प्रहरिको नियन्त्रणमा !


 संवाददाता   February 14, 2020   539 जनाले पढ़िसके




हेटौंडा ,हेटौंडामा रहेको नेपाल बैंकमा मेनेजरलाई का’ट्छु भन्दै खु’कुरी निकाल्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार हेटौंडा ४ स्थित नेपाल बैंकको हेटौंडा शाखामा चिल्ड्रेन पार्क बस्ने वर्ष ४४ को गजेन्द्र राज गिरीले बा. ५ च २६२५ नम्बरकोको कारमा दा’ब सहितको खु’कुरी लिएर आई दा’बबाट खुकुरी निकाली बैंकका ब्रान्च मेनेजरलाई का’ट्छु भन्दै बैंक भित्र प्रवेश गरे पछि ब्रान्च मेनेजरले प्रहरीलाई खबर गरेका थिए ।त्यस पश्चात सादा पोशाकमा ५ जनाको प्रहरीले टोली तत्काल गिरिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै खुकुरी प्र’हार गर्न खोजेपछि प्रहरीले गो’ली हान्छु भनेपछि मात्र उनलाई खु’कुरी सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
हिजो १ गते दिउँसो खाता संचालन गरी बैंकमा सुनको गरगहना धितो राखी पैसा निकाल्न सोही शाखामा आई शाखा प्रबन्धक सँग कुरा गर्दा सुनका गरगहनामा शंका लागी धितो राख्न नमाने पछि त्यहाँबाट तलाई म देखाउछु भनी ध’म्कि दिई निस्केको र आज उनी का’ट्छु भन्दै आएका थिए । प्रहरीले गिरिले प्रयोग गरेको बा. ५ च २६२५ नं. को कार समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गिरि २०७६ कात्तिक महिनामा यस्तै प्रकृतिको कसुरमा सिम टि.भि.को कार्यालय तो’डफोडमा सं’लग्न भएकोमा का’रबाही गरी छा’डिएको बताएको छ ।
स्रोत सिधाकुरा बाट