खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रियंका र आयुशमानको विवाह को साईत फेरी सर्यो !


 संवाददाता   February 13, 2020   1036 जनाले पढ़िसके




१ फाल्गुन २०७६, बिहीबार काठमाडौं
पछिल्लो समय प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीको निकै चर्चा छ । उनीहरु यहि फागुनमा विवाह बन्धनमा बाधिँदैछन् । केहि दिन अघि उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको चर्चा चलेको थियो । तर ज्योतिषको सल्लाह अनुसार उनीहरुले दुई दिनअघि नै विवाह गर्ने बताइएको छ । गएको बर्ष इन्गेजमेन्ट गरेका यी दुई अब विवाह बन्धनमा बाधिँदैछन् । यसैक्रममा हालै एक कार्यक्रममा अभिनेत्री प्रियंकाले आफ्नो बारेमा केही कुराहरु खुलाएकी छिन् ।
कार्यक्रममा गरिएको प्रश्नमा उनले घर किनेको बताएकी छिन् । उनले आफु र आयुष्मान मिलेर घर किनिसकेको बताएकी छिन् । उनले नयाँ घर काठमाडौंमा किनेको बताएकी छिन् तर कति मूल्यमा घर किनेको भन्ने बारे खुलाएकी छैनिन् । उनले आफु अहिले विवाहको काम र घर सेटअपमा व्यस्त भएको बताइन् ।