खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरी शनिश्चरेमा कर कार्यालयको स्थापना हुने ! मेयर दिलिप कुमार राई


 संवाददाता   February 12, 2020   409 जनाले पढ़िसके




पथरी शनिश्चरेमा कर कार्यालय खडा हुने

पथरीशनिश्चरेमा उत्तर-पूर्वी मोरङका सेवाग्राहीका लागि आन्तरिक राजस्व सम्बन्धी करदाता
सेवा कार्यालय खडा हुने भएको छ।
अर्थ मन्त्रालयले फागुन महिना भित्रमा कार्यालयको व्यवस्थापन गरेर काम सुचारु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने
काम अघि बढेको छ । घर भाडा सम्बन्धी बोलपत्र आह्वान गरी कार्यालय भवनको टुङ्गो लगाइने भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटा सहितको टोलीलेनगर प्रमुख दिलीप कुमार राईसँग भेटी कार्यालय खडा गर्ने बारे जानकारी गराएको छ । कार्यालय पथरी बजारमा रहनेछ। पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले सङ्घको पहलमा क्षेत्र नम्बर ३ का सांसद एवम् हालका स्वास्थ्य मंत्री भानुभक्त ढकालसहितका मन्त्री र मन्त्रालयमा कार्यालयको बारेमा आवश्यकता बोध गराएपछि
मन्त्रालयले सो निर्णय गरेको जनाए । उनले पथरीशनिश्चरेमा कार्यालय हुनुले व्यवसायी सहित स्थानीय सिलाई राहत पुग्ने बताए । विराटनगर बाहेक यस अघि विराट चोकमा मात्र करदाता
सेवा कार्यालय रहेको थियो।