खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मोरङ् को लेटाङमा आगलागी, आगोले २५ लाख बराबरीको क्षेती !


 संवाददाता   February 12, 2020   1154 जनाले पढ़िसके




लेटाङको गुवावारीमा आगलागि, २५ लाखको क्षति
लेटाङ २९ माघ । विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्रण रूपमा नस्ट भएको छ । आज विहान ११ बजेको समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो ।
अागाे लाइ सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट अाएकाे २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियकाे सहयाेगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएकाे थियाे ।
आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिनुभयो ।
घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले जानकारी दिनुभयो ।
पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उहाँहरुलाई सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गर्नुभएको छ । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग यस्तो आह्वान गर्नुभएको हो । सहयोगका लागि सोही वडाका वडा अध्यक्ष जंगबिर तामाङको मोबाइल नंबर 9852075306 मा सम्पर्क गर्न सकिने समेत पौडेलले जानकारी दिनुभयो । स्रोत लेटाङ खबर!