खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रेम-स्पर्श दिलाउन नम्बरी सुनको क्रेट नै हुनु जरूरी छैन ! तारा लावती लिम्बु ! गजल प्रणय दिवस


 संवाददाता   February 12, 2020   1128 जनाले पढ़िसके




गजल (प्रणय)
मायाप्रेम देखाउन प्रणयदिवसको सेट नै हुनु जरूरी छैन ।
मायाप्रेम प्रष्टाउन प्रेमदिवसमा भेट नै हुनु जरूरी छैन ।।
साँचो प्रेम त निस्पाप दुई शुद्ध अन्तर-हृदय मिली हुने हो ।
प्रेमभाव सजाउन क्षणिक संजालमा नेट नै हुनु जरूरी छैन ।।
गाँढा माया त दुई निश्चल आत्माको मिलन भएर हुने हो ।
माया-स्नेह दर्शाउन कृतिम फूलैफूलको गेट नै हुनु जरूरी छैन ।।
अटुट माया त दुई आत्माको निर्दोष भाषा मिलेर हुने हो ।
प्रेम-स्पर्श दिलाउन नम्बरी सुनको क्रेट नै हुनु
जरूरी छैन ।।
अमर-प्रेम त प्रेमिल जोडी निस्वार्थ निर्मल सत्य रही हुने हो ।
साँचो माया टिकाउन अमूल्य हिराको रेट नै हुनु जरूरी छैन ।।
#रचना: – तारा लाओती लिम्बू
#ठेगाना: – प.श.न.पा. १, मोरङ