खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



औद्योगिक पार्कको थप मुआव्जा वितरण गरिदै


 संवाददाता   February 12, 2020   376 जनाले पढ़िसके




झापाको दमक नगरपालिकासहित, कमल गाँउपालिका र गौरादह नगरपालिकामा निर्माण हुने भनिएको नेपाल–चीन मैत्री औद्योगिक पार्कको क्षेत्र भित्रपर्ने जग्गाको मुआब्जा वितरणका लागि दोस्रो तथा अन्तिम सूचना प्रकाशित भएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले यहि माघ १७ गते सार्वजनिक सूचना प्रकाशित गरि सम्बन्धित जग्गा धनीहरुलाई मुआब्जा लिन आवेदन मागेको हो ।
दमक १०, गौरादह नगरपालिका वडा नम्बर ५ र कमल गाँउपालिकाको वडा नम्बर ७ नम्बरको गरि करिव ३ सय ३१ विगाह जग्गाको मुआब्जा वितरण गर्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जग्गा प्राप्ति सम्बन्धीको कार्यालय दमकका प्रमुख सञ्जय थापाले जानकारी दिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाम जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भइसकेकाले अव चाँडैनै सम्बन्धित पालिका तथा वडाहरुबाट सिफारिस माग गरिने थापाले बताए । यस पटक जग्गा प्राप्तिका लागि करिव रु ९३ करोड रुपैया आवश्यक पर्ने थापाले बताए ।
प्रस्तावित औद्योगिक क्षेत्रको जग्गालाई ४ श्रेणीमा बिभाजन गरेर मुआब्जा बितरण गरिदै आएको छ । जसमा कमल गाँउपालिकामा ख, ग र घ श्रेणी र दमक, गौरादहमा क, ख, ग र घ गरि चारै श्रेणी जग्गा रहेको सम्पर्क कार्यालय दमकले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘क’ श्रेणीमा रहेको बस्ती र बाटो भएको जग्गालाई प्रति विगाहा रु ४५ लाख, खेती योग्य ‘ख’ श्रेणीको जग्गालाई रु ३९ लाख, त्यसैगरि कासघारीको जग्गा ‘ग’ श्रेणीको रु ९ लाख ८० हजार र ‘घ’ श्रेणीको बलुवा र रतुवा खोला बग्दै गरेको नम्बरी जग्गाको रु २ लाख रुपैया मुआब्जा निर्धारण गरेको छ ।
यसअघि कमल गाँउपालिकाको ४ सय ११ विगाहा जग्गाको मुआब्जा बितरण गरिसकेको सम्पर्क कार्यालयले जनाएको छ । यसैगरि कमल, गौरादह र दमक क्षेत्रमा पर्ने रतुवा खोला आसपासको ९ सय ४२ विगाहा ऐलानी प्रति जग्गा लिमिटेडको नाममा आईसकेको प्रमुख थापाले जानकारी दिए ।
अन्तिम पटकको ३ सय ३१ विगाह जग्गा प्राप्त भईसकेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा यस क्षेत्रमा एक हजार ६ सय ८४ विगाहा जग्गा हुने छ । २०७२ साल चैत्र १ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णयबाट मुआब्जा निर्धारण गरि बितरण शुरु गरिएको भएपनि सम्बन्धित केहि जग्गाधनीहरुले मुआब्जाको मूल्य निर्धारणमा असन्तुष्टि जनाएपछि २०७३ साल असार २ गते पुनः बसेको मन्त्रिपरिषदको बैठकले मुआब्जाको दर रेटमा पुनः शंसोधन गरेको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जग्गा प्राप्ति सम्बन्धिको कार्यालयका अनुसार ‘क’ श्रेणीको जग्गा गौरादह ५ र दमक १० मा कमै मात्र रहेको र बढि जग्गा ‘ख’ र ‘ग’ श्रेणीको रहेको छ । अन्तिम पटक वितरण गर्न लागिएको मुअब्जाका लागि केहि रकम अभाव देखिएकाले आगामी फागुनबाट मात्र बितरण प्रकृया शुरु हुने जनाईएको छ ।
चिनीयासहित नेपाल लगानी वोर्डको सहयोगमा निर्माण हुन लागेको औद्योगिक पार्क चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हुने जनाईएको छ । हाम्रो दमक