खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा हुने


 संवाददाता   February 12, 2020   343 जनाले पढ़िसके




मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ६ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. १ समितिको आयोजनामा हुने प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइने जनाईएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने जनाएको हो ।
तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा प्रदेशका १४ जिल्लाले सहभागिता जनाउने छन् । प्रतियोगितामा समूह ए मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा गर्नेछन् । समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ बिच प्रतिस्पर्धा हुनेछ । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको छ ।
एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले प्रतियोगितामा प्रथम हुने समुहले १ लाख ५१ हजार, दोस्रो ले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुने समुहले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट डिफेन्सर र बेस्ट सर्भरलाई जनही १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने थापाले जनाए । प्रतियोगितामा ४८ लाख लाग्ने अनुमान गरिएको छ ।
१२ जना खेलाडी, टीम ब्यवस्थापक र प्रशिक्षक गरि एउटा जिल्लाबाट १४ जनाको समूहले सहभागिता जनाउने छ्न । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यसले आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने बताए । आवरबिराटनगर